युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी/ डोटीमा विषालु च्याउ खाँदा फेरि १२ जना बिरामी परेका छन् । यस भन्दा पहिले गत असार २३ गते जंगली विसालु च्याउखादा दिपायल सिलगढी नगरपालिका वडा नं. ५ का ११ जना विरामी परेका थिए ।

मंगलवार आदर्श गाउँपालिका–२ कारङेमा विषालु च्याउ खाएर फेरि १२ जना बिरामी भएका हुन् । दिपायल–मेललेख सडकमा काम गर्ने मजदुर च्याउ खाएपछि बिरामी भएका इलाका प्रहरी कार्यालय आदर्शले जनाएको छ ।

बिरामी पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिकाका–९ का दिलबहादुर राजी, वीरबहादुर थापा, पूर्णबहादुर थापा, रामबाहदुर थापा, धनबहादुर थापा, पदम सलामी, लालबहादुर आलेमगर, भीमबहादुर आलेमगर, लक्ष्मीराम पुलामीमगर, विशाल मगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का चक्र मल्ल र कैलालीको धनगढी उपमहानगरपालिका–१६ का हर्क रम्जाली रहेको बताईएको छ । उनीहरुको अहिले सोहि गाँउपालिकामा रहेको मौवा स्वास्थ्यचौकीमा उपचार भई रहेको छ ।

वर्षायाम लागेसँगै वन, पाखा, खोला तथा खाली चउरमा समेत प्रशस्त च्याउ उम्रने गर्छ । च्याउ अति नै पौष्टिक तत्व पाइने स्वादिष्ट तरकारी होे । तर, जंगलमा उम्रने सबै च्याउ खानयोग्य हुँदैनन् । कतिपय प्रजातिका च्याउ खाँदा ज्यानै जान सक्छ ।

बेला बखत विषालु च्याउको सेवनबाट विश्वभरि नै मानिसको मृत्यु हुने गरेको समाचार आउने गर्दछन् । नेपालको सन्दर्भमा पहाडी तथा दुर्गम क्षेत्रमा विषालु च्याउको सेवन बाट धेरैले ज्यान गुमाएका तथ्यहरु फेला पर्दछन् । नेपालमा १ हजारभन्दा बढी प्रजातिका च्याउ पाइन्छन्, जसमध्ये १ सय १० प्रजातिका च्याउ मात्र खानयोग्य मानिन्छन् । धेरैजसो च्याउ हेर्दा एकै प्रकारका हुने भएकाले छुट्याउन गाह्रो हुने विज्ञहरु बताउन्छन् ।

सामान्यतया खानयोग्य च्याउको माथि रहेको छाता छुँदा चिप्लो हुने र विषालु च्याउ छुदा खस्रो हुने विज्ञहरुको भनाई रहेको छ । वनपाखा, खोला, घाँसे मैदानमा उम्रेका च्याउ खानुअघि विचार पु¥याई सहि पहिचान भए पछि मात्र सेवन गर्नु पर्ने विज्ञहरुको राय दिन्छन् । सामान्यतया तितो स्वाद, नमीठो गन्ध, धेरै झुस, थरीथरीको रङ भएका च्याउ विषालु हुन सक्दछ । छुँदा रङ परिवर्तन हुने वा भाँच्दा चोप निस्कने खालका च्याउ पनि विषालु हुने उनीहरु बताउने गर्दछन् ।

च्याउको अर्को पहिचान विषालु च्याउ धेरै समयसम्म रहन्छ भने खानयोग्य च्याउ केही दिनपछि कुहिएर जाने गर्छ । विषालु च्याउ हेर्दा आकर्षक देखिन्छ भने त्यसमा खासै किरा पनि नलाग्ने हुन्छ । कहिलेकाहीँ खानयोग्य च्याउ पनि भण्डारण गर्ने तरिका नमिल्दा विषाक्त हुन सक्ने विज्ञहरुको भनाई रहेको छ ।

आफूले राम्ररी चिनेको च्याउ मात्र प्रयोगमा ल्याउनुपर्ने, नयाँ प्रजातीको च्याउका बारेमा जानकारी नभई सेवन गर्न नहुने, च्याउ र त्यसको पहिचानका बारेमा जनचेतना फैलाउने, विभिन्न प्रजातीको च्याउ मिसाएर नपकाउने, भण्डार गर्नु पर्ने अबस्थामा पनि सहि उपाय जानेर मात्र भण्डार गर्ने गर्दा विषालु च्याउबाट जोगिन सक्ने विज्ञहरु बताउन्छन् ।

विषालु च्याउ खाँदा बान्ता हुने, पखाला चल्ने, टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखापर्न सक्छन् । त्यो संगै बिरामीले केही सन्चो नभएको जस्तो महसुस हुने गर्दछ । त्यस्तो लक्षण देखिएमा छिटो नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ । जसले गर्दा बिरामीलाई विषले गर्न सक्ने हानिबाट बचाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय