
डोटी / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटलीबाट आज बिहान स्वदेशफिर्ता भएका छन् । त्रिभुवन अन्त्रराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै आफ्नो इटलीको भम्रण सफल भएको बताएका छन् ।
प्रधानमन्त्री सहितको एक टोली साउन ६ गते संयुक्त राष्ट्रसंघ खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट’मा सहभागी प्रस्थान गरेका थिए । आज उनी स्वदेश फर्केका उनले सम्मेलनका क्रममा महत्वपूर्ण भेटघाट समेत भएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भने– ‘सम्मेलनमा देखिएको नेपालको सक्रिय सहभागिता र सम्मेलनको दौरानमा भएका महत्वपूर्ण भेटघाटहरुबाट यो भ्रमणलाई मैले एउटा सफल भ्रमणको रुपमा लिएको छु,’ उनले भने, ‘समग्रमा यो भ्रमणबाट अन्तर्राष्ट्रिय मञ्चमा, अझ विशेष गरी संयुक्त राष्ट्रसंघीय मञ्चहरुमा नेपालको छबि एक स्वतन्त्र सार्वभौम, संयुक्त राष्ट्रसंघ र समग्र बहुपक्षीयताप्रति प्रतिवद्ध मुलुकको रुपमा अझ बढी मुखरित हुन पुगेको मैले विश्वास लिएको छु ।’