सिलगढी / विहिबार डोटीमा चट्याङ लागेर एक बृद्धको मृत्यु भएको छ ।
जिल्लाको बडीकेदार गाँउपालिका वडा नं. ५ दुधिला बस्ने अन्दाजी बर्ष ६५ को हर्क वहादुर बोहराको आज दिउसो २ः३० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
आफ्नै घरको आगनमा बाख्रा चराई रहेको समयमा चट्याङ लागी वोहराको मृत्यु भएको हो भने चट्याङ लागेर ६ ओटा बाख्राको समेत मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त वडाका वडा अध्यक्ष पदम सिँह बोहराले घटनाका बारेमा प्रहरीलाई जानकारी दिए संगै प्रहरी चौकी खड्यौली बाट प्रहरी सहायक निरिक्षक भाष्कर दत्त पन्तको कमाण्डमा २ जना प्रहरी टोली घटना स्थल तर्फ गएको बताईएको छ ।