
डाेटी / डोटीकाे दिपायल सिलगढी नगरपालिकामा घरले च्यापिएर एक महिलाकाे मृत्यु भएकाे छ ।
नगरपालिकाकाे वडा नम्बर ५ मा पर्ने गैरामा उक्त घटना भएकाे हाे । मृत्यु हुनेमा साेहि स्थान बस्ने शंकर मलासीकी ३० वर्षे श्रीमती गङ्गा मलासी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार शनिवार बिहान ३ बजेको समयमा घरको बल्लीहरु भाचिएर भत्किदा मलासीको च्यापिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएकाे छ । घटनाकाे सूचना पाएसंगै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आन सिंह धामीको कमाण्डमा गएकाे १० सदस्यीय टाेलीले स्थानीयको सहयोगमा उद्दार गर्दा बिहान ५:१० बजेतिर मलासी मृत अवस्थामा फेला पारेकी बताईएकाे छ ।
घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमाण्डमा ६ जनाको टोली खटाइएको जिप्रका डोटीले जनाएको छ ।