युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं । गएको साता नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार पाँच दिनबाट घटेर चार दिनमात्रै भयो । बिहीबार मुस्लिम धर्मावलम्बीहरुको चाड ईदको बिदा परेकाले सो दिन कारोबार भएन ।

दिनका हिसाबले नेप्सेमा कम कारोबार भए पनि परिसूचक र रकममा भने उच्च वृद्धि देखियो । खासगरी वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको र ब्याजदर पनि घट्दै गएको खबरले लगानीकर्तामा उत्साह देखिएको छ ।

गएको साताको चार दिनको कारोबारमा नेप्से परिसूचक करिब ५ प्रतिशत ९९५ दशमलव ४६ बिन्दु०ले वृद्धि भई २१५० दशमलव ९९ बिन्दुमा बन्द भएको छ । साताका तीन कारोबार दिन नेप्से बढ्यो भने एक दिन घटेको थियो । साताको पहिलो दिन आइतवार सेयर बजार उत्साहजनक रुपमा ६२ दशमलव २१ बिन्दुले बढेको थियो ।

त्यस्तै, दोस्रो दिन सोमबार नेप्से ११ दशमलव ६९ अंकले बढेर २१२९ दशमलव ४२ बिन्दुमा बन्द भएको थियो । तेस्रो दिन पुनः नेप्से ५६दशमलव९४ अंक अर्थात् २ दशमलव ६७ प्रतिशतले वृद्धि भएर २१८६ दशमलव ३६ को बिन्दुमा बन्द भयो । सो दिन नेप्से सात महिनायताकै उच्च बिन्दुमा पुगेर बन्द भएको हो । तर, अघिल्लो साताको अन्तिम कारोबार दिन बुधबार चाहिँ नेप्सेमा करेक्सन आयो र ३५ दशमलव ३५ अंकले घटेर २१५० दशमलव ९९ अंकमा बन्द भयो ।

समग्रमा यो साता नेप्से सबैभन्दा माथि २२०४ दशमलव ९३ बिन्दुसम्म पुगेको थियो । त्यस्तै, तल्लो बिन्दु २०५७ दशमलव ३७ रह्यो । यस हिसाबले अघिल्लो साता नेप्से १ सय ४७ दशमलव ५६ बिन्दुको बीचमा रहेर कारोबार भयो ।

दैनिक औसत कारोबार रकममा ४१ प्रतिशत वृद्धि

गएको साता नेप्से कारोबार रकममा उल्लेख्य वृद्धि देखिएको छ । सो साता नेप्सेमा कूल २३ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको छ । त्यो अघिल्लो साताको तुलनामा १३ प्रतिशतमात्रै बढी हो । तर, त्यसअघिको सातामा पाँचै दिन कारोबार भएकोमा अघिल्लो साता भने चार दिनमात्रै कारोबार भयो । त्यसो हुँदा दैनिक औसत कारोबार रकम भने उल्लेख्य रुपमा बढेको छ ।

सो साता दैनिक औसत ५ अर्ब ८१ करोड रुपैयाँको शेयर कारोबार भयो, जबकि त्यसअघिको साता औसत कारोबार रकम ४ अर्ब १३ करोड रुपैयाँमात्रै थियो । दैनिक औसत कारोबार रकमको वृृद्धि ४१ प्रतिशत हो । कारोबार रकममा भएको उल्लेख्य वृद्धिले नेप्से थप केही समय बढ्ने आधार तय गरेको छ । सो साता ५ करोड ३१ लाख कित्ता शेयरको कारोबार भएको छ ।

लघुवित्त, वित्त र जीवन बीमा कम्पनीमा आकर्षण

गत साता सबैभन्दा उच्च दरमा लघुवित्त कम्पनीहरुको शेयर बढ्यो । लघुवित्त कम्पनीको उपसूचक ४ सय ४४ दशमलव ८० बिन्दु अर्थात् ११ दशमलव ९३ प्रतिशतले बढेको छ ।

त्यस्तै, लगानीकर्ताको दोस्रो आकर्षणमा जीवन बीमा कम्पनी परे । यो उपसूचक ११ दशमलव २ प्रतिशत ९१२८१ दशमलव ४३ अंक ० ले बढ्यो । त्यस्तै, तेस्रो आकर्षणमा फाइनान्स कम्पनीहरु परे । फाइनान्स कम्पनीको उपसूचक १० दशमलव ४५ प्रतिशत अर्थात् १७९ बिन्दुले बढेको छ ।

नेप्से बढ्दो क्रममा रहेका बेला कम पुँजी भएका लघुवित्तका शेयरबाट लगानीकर्ताले बढी नाफा आर्जन गर्न खोजेको देखिन्छ । नेप्सेका १३ वटा उपसूचकमध्ये यो साता सबै उपसूचकहरुमा वृद्धि देखियो । तर, होटल र हाइड्रोपावर कम्पनीको शेयर भने १ प्रतिशतभन्दा कमले वृद्धि भए ।

हिमालयन लाइफ, बीपीडब्ल्यू लघुवित्त र सिटी होटलका लगानीकर्ताले चार दिनमै ५० प्रतिशत कमाए । हिमालयन लाइफ इन्स्योरेन्स, बीपीडब्ल्यू लघुवित्त तथा सिटी होटलका लगानीकर्ताले अघिल्लो साताको चार दिनकै कारोबारमा करिब ४६ दशमलव ४ प्रतिशत कमाएका छन् । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइप mमिलेर बनेको हिमालयन लाइफको कारोबार खुलेपछि लगातार सर्किट लेबलमा कारोबार भइरहेको छ । त्यस्तै, बीपीडब्लूको कारोबारमा पनि सर्किट ब्रेक लागिरहेको छ । सिटी होटलको शेयर पनि नेप्सेमा सूचीकृत भएदेखि नै सर्किट ब्रेकको लेभलमा कारोबार भइरहेको छ ।

यी तीन कम्पनीको अतिरिक्त सिटिजन्स बैंक इन्टरनेशनलको प्रमोटर शेयर ११ असारमा १ सय ३३ रुपैयाँमा कारोबार भई ३३ प्रतिशत वृद्धि देखिएको छ । यसका साथै सामुदायिक लघुवित्त वित्तीय संस्था र प्रोग्रेसिभ फाइनान्सको शेयर मूल्यमा पनि क्रमशः २९ र साढे २७ प्रतिशतले बढेको छ ।

सो साता सुपर मादी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ६१ प्रतिशत गुमाएका छन् भने इङ्वा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले पनि करिब ७ प्रतिशतले गुमाएका छन् । मकर जितुमाया सुरी हाइड्रोपावरका लगानीकर्ताले पनि ६ दशमलव ३ प्रतिशत गुमाएका छन् । खासगरी मुलुकको पूर्वी क्षेत्रमा बाढी जाँदा क्षति पुगेका जलविद्युत कम्पनीको शेयर सबैभन्दा धेरैले घटेको छ ।

शिवम् सिमेन्ट हटकेक

गत साता शिवम् सिमेन्ट्स् लिमिटेड सबैभन्दा धेरै कारोबार हुने कम्पनी बनेको छ । कारोबार रकम तथा शेयर संख्या दुवैका हिसाबले यो कम्पनी सबैभन्दा माथि रह्यो ।

साताका चार दिनमा शिवम् सिमेन्ट्सको १ अर्ब ४३ करोड बराबरका शेयरको किनबेच भयो । दोस्रो नम्बरमा सोल्टी होटेल लिमिटेड रह्यो । यो कम्पनीको १ अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

तेस्रो नम्बरमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सको ८५ करोड रुपैयाँको कारोबार भएको छ । अनलाईन खबरले यो समाचार प्रकाशन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय