युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी/ महामारीको रुपमा फैलिएको ‘लम्पीस्किन’ रोगका कारण सुदुरपश्चिम प्रदेशमा १० हजार भन्दा बढी पशु चौपायको मृत्यु भएको हो । पशु चौपायमा देखिने उक्त रोगको संक्रमणका कारण प्रदेशका ७ पहाडी र तराईका दुई जिल्ला गरि ९ जिल्लामा १० हजार ९ सय भन्दा बढी गाईगोरु भैसीरागाहरुको मृत्यु भएको पशु पन्छि सम्वन्धी कार्यालयका अधिकारीहरुले जनाएका छन् ।

प्रदेशका ७ पहाडी जिल्लामा ‘लम्पीस्किन’ को प्रकोपबढी देखिएको सुदुरपश्चिम प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका सूचना अधिकारी पुष्करराज नाथले बताए । ‘तीमध्ये डोटी, अछाम, बझाङ बढी प्रभावित छन्,’ उनले भने, ‘भारतको सीमा जोडिएका क्षेत्रमा बढी प्रभाव देखियो ।’ देशभरि फैलिएको लम्पीस्किन रोगबाट सबैभन्दा बढी सुदूरपश्चिम प्रभावित बन्न पुगेको पशुरोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेश जोशीले बताए ।

प्रदेशभित्र गाई र भैंसीको सङ्ख्या १५ लाख ८२ हजार रहेकोमा झण्डै १२ दशमलब सात प्रतिशत पशुमा सङक्रमित भइसकेको अन्वेषण प्रयोगशालाले जनाइएको छ । प्रदेशभरि ७९ हजार एक सय ८८ गाई, ७७ हजार चार सय ७१ गोरु, ३९ हजार ८८ बाच्छाबाच्छी तथा पाँच हजार ५१ भैंसी राँगो पाडापाडी सङ्क्रमित भएको बताईएको छ ।

यो रोगले पशुको विभिन्न भागमा साना ठूला गिर्खा देखिने, उच्च ज्वरो आउने, आँखामा कचेरा जम्मा हुने, सिगान बग्ने, खाना खान नसक्ने, मुखबाट धेरै फिँज निकाल्ने लगायत लक्षण देखिने पशुरोग चिकित्सकहरुले बताएका छन् । यो रोग लागेपछि दूधालु गाईभैंसीको झण्डै ८० प्रतिशतसम्म दूध उत्पादन घट्ने गरेको छ भने अर्कोतिर गोरु बिरामी पर्दा किसानले आर्थिक क्षति व्यहोर्नु परेको छ । लामखुट्टे, झिँगा र किर्नाको राम्रो व्यवस्थापन गर्न सक्नु नै यो रोगको रोगथामको उपाय भएको पशु चिकित्सकको सुझाव छ ।

रोग लागिसकेको पशुको ठोस् उपचार विधि नभएका कारण लक्षणकै आधारमा उपचार व्यवस्थापन गर्नुपर्ने हुन्छ । पशु सेवा विभागका अनुसार रोग लागेसँगै गाईभैंसीको दूध उत्पादन ह्वात्तै घट्छ । रोग देखिनेबित्तिकै गाईभैंसीलाई बथानबाट छुट्याएर अलग्गै राख्न विभागको सुझाव छ । रोग लागेपछि प्राविधिकको सल्लाह बमोजिम ज्वरो घटाउन पारासिटामोल वा मेलोक्सिकेम प्रयोग गर्नुपर्छ । त्यस्तै घाउको चिलाइ न्यूनीकरणका लागि औषधिको प्रयोग गर्ने, फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक मलम लगाउनु पर्ने हुन्छ । पशुको शरीरमा गिर्खाको संख्या अत्यधिक भएकामा आइभरमेक्टिन र घाउ पाकेमा प्राविधिकको सल्लाहअनुसार एन्टिबायोटिक्सको सुई लगाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय