गणेश मौनी, डोटी/ लागु पदार्थ दुब्र्यसन नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम डोटी बहुमुखी क्याम्पस डोटीमा सम्पन्न भएको छ ।
सामाजिक बिकास कार्यालयको आयोजनामा आईतबार लागु पदार्थ दुब्र्यसनको असर, प्रभाव तथा नियन्त्रण सम्बन्धी सचेतना मुलक कार्यक्रमको आयोजना गरेको सामाजिक बिकास कार्यालय डोटीका प्रमुख जयदेब महराले बताए ।
उनले भने बर्तमान समयमा समाजमा दिनानु दिन लागु पदार्थ दुब्र्यसनी कार्यहरु बढीरहेका छन यसले गर्दा समाजमा सामाजिक तथा आर्थिक रुपमा नकारात्मक असर परीरहेकोले यसलाई नियन्त्रण गर्न आम नागरिक सचेत हुन आवश्यक रहेको हुदाँ क्याम्पस तथा बिद्यालय स्तरमा सचेतनामुलक कार्यक्रमको आयोजना गरेको हो ।
सामाजिक सचेतनाको माध्यमबाट लागुपदार्थ दुब्र्यसनीलाई न्यूनिकरण गर्न सहज हुने डोटी बहुमुखि क्याम्पस डोटीका क्याम्पस प्रमुख दिलानन्द जोशीले बताए । कार्यक्रमका प्रमुख अथिती समेत रहेका क्याम्पस प्रमुख जोशीले सामाजिक बिकास कार्यालयले क्याम्पसमा सचेतनामुलक कार्यक्रमको आयोजना गर्दा बिद्यार्थिहरुलाई नयाँ विषय बस्तुको ज्ञान भएकोले आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई जोड दिन आवश्यक रहेको बताए ।
पछील्लो समयमा लागु पर्दाथ दुब्र्यसनी तथा ओसार पसारमा युवाहरु बढी संगग्न भईरहेका घटनाहरु देखिने गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरिक्षक युवराज भण्डारीले बताए । उनले यस्ता कार्यमा बढी युवाहरु संलग्न हुने भएकोले युवावर्गलाई सचेतना फैलाउन आवश्यक रहेको समेत बताए ।
लागुपदार्थ दुब्र्यसनीको लतबाट युवावर्गहरु बच्न आवश्यक रहेको जिल्ला अस्पताल डोटीका एम बिबिएस डा. राजेन्द्र फुलाराले बताए । उनले भने कुनै पनि ब्यक्तिलाई कुनै पनि प्रकारको रोग लाग्यो भने उपचार गरेपछी समयमै निको हुन सक्छ तर लागु पदार्थ दुव्र्यसनीको लत लाग्यो भने उपचार बिधी धेरै लामो, खर्चिलो छ, जिन्दगी नै बर्बाद हुन सक्छ त्यसैले यस बारेमा आम नागरिक सचेत हुन, यसबाट बच्न आवश्यक रहेको समेत डा. फुलाराले बताए ।
डोटी बहुमुखि क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल, डोटी बहुमुखि क्याम्पस, सामाजिक बिकास कार्यालयका प्रमुख प्रतिनिधी र क्याम्पसका बिद्यार्थिहरुको सहभागिता रहेको थियो ।