युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

रामहरी ओझा, डोटी । डोटी जिल्लाका नौ स्थानीय तहहरुको ४२ करोड २८ लाख ८१ हजार रुपैयाँ बेरुजु देखिएको छ । सबैभन्दा बढी बेरुजु शिखर नगरपालिकाको छ ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भए अनुसार २०७७/७८ को तुलनामा २०७८/७९ मा कूल बेरुजू रकम घटेको देखिए पनि शिखर, दिपायल सिलगढी, सायल र जोरायलको बेरुजु अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा बढेको छ । २०७७-७८ मा जिल्लाका स्थानीय तहरुको कूल बेरुजु रकम ५९ करोड ८५ लाख ६७ हजार रहेको थियो ।

प्रतिवेदन अनुसार शिखर नगरपालिकाको ११ करोड ६७ लाख ३३ हजार बेरुजु रकम देखिएको छ । यो रकम जिल्लाका स्थानीय तहहरुको कूल बेरुजू रकमको झण्डै २८ प्रतिशत हुन आउँछ । आर्थिक वर्ष २०७७/७८ सम्म उक्त नगरपालिकाको कूल बेरुजु रकम १० करोड ७४ लाख ४३ हजार रहेकोमा २०७८/७९ मा ९२ लाख ९० हजार बेरुजु रकम थप भएको छ ।

यस्तै, जोरायल गाउँपालिकाको बेरुजु रकम आठ करोड ७५ लाख ५४ हजार रुपैयाँ पुगेको छ । शिखर नगरपालिकापछि सबैभन्दा बढी बेरुजु जोरायल गाउँपालिकाको छ । यस गाउँपालिकाको बेरुजु रकम २०७७/७८ मा सात करोड १० लाख ८९ हजार रहेकोमा गत आवमा एक करोड ६४ लाख ६५ हजार थप बेरुजु देखिएको छ ।

दिपायल सिलगढी नगरपालिकाको बेरुजु रकम पनि २०७७/७८ को भन्दा ६४ लाख १६ हजार रुपैयाँले बढेको देखिएको छ । २०७७/७८ मा उक्त नगरपालिकाको बेरुजु रकम दुई करोड ६६ लाख७५ हजार रहेकोमा हाल तीन करोड ३० लाख ९१ हजार पुगेको छ ।

यस्तै सायल गाउँपालिकाको अघिल्लो आर्थिक वर्षको तुलनामा २१ लाख १६ रुपैयाँ बेरुजु बढेको छ । २०७७/७८ मा यस गाउँपालिकाको कूल बेरुजु चार करोड ६० लाख ६३ हजार रुपैयाँ रहेकोमा गत आवमा चार करोड ८१ लाख ७९ हजार पुगेको छ ।

अघिल्लो वर्षको तुलनामा केआई सिंह, बोगटान फुड्सिल, पूर्वीचौकी, बडीकेदार र आदर्श गाउँपालिकाले भने बेरुजु रकम घटाएका छन् । के आई सिंह गाउँपालिकाको बेरुजु रकम जिल्लाका स्थानीय तहहरुमध्ये सबैभन्दा कम एक करोड ४० लाख तीन हजार रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा चार करोड ३५ लाख ४३ हजार रुपैयाँ रहेको थियो ।

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदन अनुसार बोगटान फुड्सिल गाउँपालिकाको कुल बेरुजु रकम अघिल्लो आवको तुलनामा गत आवमा एक करोड ६९ लाख ७६ हजार रुपैयाँले घटेको छ । अघिल्लो आवमा ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ रहेकोमा गत आवमा पाँच करोड २६ लाख ५६ हजार रुपैयाँमा झरेको छ ।

आदर्श गाउँपालिकाले पनि गत आवमा दुई करोड ९८ लाख बेरुजु रकम घटाएको छ । २०७७/७८ मा पाँच करोड ६१ लाख ५० हजार रुपैयाँ बेरुजु रहेकोमा गत आवमा दुई करोड ६३ लाख ५० हजार बेरुजु कायम भएको छ ।

पूर्वीचौकी गाउँपालिकाको बेरुजु रकम तीन करोड २७ हजार रुपैयाँ रहेको छ । यस गाउँपालिकाको आव २०७७/७८ मा सात करोड ७५ लाख ३८ हजार रुपैयाँ बेरुजु रहेकोमा चार करोड ७५ लाख ११ हजार रुपैयाँ घटेको देखिएको छ ।

यस्तै, बडीकेदार गाउँपालिकाको पनि आव २०७७/७८ भन्दा आठ करोड ६१ लाख ५५ हजारले बेरुजु रकम घटेको छ । यस गाउँपालिकाको आव २०७७/०७८ मा १० करोड चार लाख ४३ हजार रुपैयाँ बेरुजु कायम भएकोमा गत आवमा घटेर एक करोड ४२ लाख ८८ हजार कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय