डाेटी / जिल्लाकाे दिपायल सिलगढी नगरपालिकामा वडा स्तरीय मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न भएकाे छ ।
चैतेदसैंको अवसरमा नगरकाे वडा नं. ८ लडागडामा आयाेजित पुरुष भलिवल प्रतियाेगिताकाे उपाधी कडामाण्डाै युवा संजालले हात पारेकाे आयाेजक लडागडा युवा समाजले जनाएकाे छ ।
शनिवार सम्पन्न फाईनल खेलमा कडामाण्डाै युवा संजालकाे टिमले आयोजक टिमलाई पराजित गर्दै पहिलाेस्थान हात पारेकाे हाे । प्रथम टिमलाई नगद १५ हजार सहित मेडल प्रमाण पत्र प्रदान गरिएकाे थियाे भने दाेस्राे हुने समुहलाई नगद ७ हजार ५ सय सहित प्रमाण पत्र प्रदान गरिएकाे आयाेजकले जनाएकाे छ । उक्त प्रतियाेगिता चैत्र ९ गते देखि संचालन भएकाे थियाे ।