डोटी / पश्चिम नेपाल संगै डाेटी जिल्लामा पनि भुकम्पकाे धक्का महशुस गरिएकाे छ ।
मंगलबार दिउँसो २ बजेर ४३ मिनेटमा भुकम्पकाे धक्का महशुस गरिएकाे हाे । भुकम्प मापन केन्द्र सुर्खेतका एक अधिकारीका अनुसार ५.९ रेक्टर स्केलको भुकम्प गएको हाे ।
भूकम्प मापन केन्द्रका अनुसार बाजुरा जिल्लाकाे मेला आसपास केन्द्र बिन्दु बनाएर भूकम्प बताईएकाे छ । छिमेकी मुलुक भारतकाे राजधानी नयाँ दिल्लीमा पनि भूकम्पको धक्का महशुस गरिएकाे छ । प्राप्त सुचना अनुसार बझाङ्ग जिल्लामा एक मन्दिर भत्किएकाे छ भने अन्य क्षेतिकाे विवरण आउन बाकी छ ।