
धनगढी / धनगढीमा दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी एक युवती मृत अवस्थामा भेटिएकी छन्।
धनगढी उपमहानगरपालिका ६ को जालीमा शुक्रबार बिहान २१ वर्षीया अस्मिता साउद मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका ६ घरभइ दिदीको घरमा बस्दै आएकी साउद मृत भेटिएको बताए।
भान्छा कोठामा बिहान साढे ५ बजे उनी मृत भेटिएपछि परिवारले प्रहरीलाई खबर गरेका र घटनाका बारेमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।