डाेटी / सुदुरपश्चिम प्रदेश सभा सदस्य पदमा डाेटी निर्वाचन क्षेत्र २ बाट माओवादी केन्द्रका नेता शिव सि ओली निर्वाचित भएका छन् ।
दुई निर्वाचन क्षेत्र रहेकाे डाेटीमा निर्वाचन क्षेत्र नं. २ मा खसेकाे कुल मत ३० हजार २ सय ३४ मध्ये ओलीले १४ हजार ४७ मत प्राप्त गरेका हुन् भने उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेद्वार टेक वहादुर बंमले १३ हजार १ सय २८ मत प्राप्त गरेका हुन् । ९ सय १९ मतकाे मतान्तरले ओली विजयी भएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ ।
त्यस्तै उक्त निर्वाचन क्षेत्रमा राप्रपाले १ हजार २ सय २७ मत र खसेकाे कुल मत मध्ये १ हजार ७ सय ३२ मत बदर भएकाे थियाे ।