
सिलगढी / मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा डोटी जिल्लामा मतगणना जारी रहेको छ । एक मात्र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र रहेको यस जिल्लामा नेकपा समाजवादीका नेता प्रेम आले मगरले सुरु देखी नै अग्रता कामय गरेका छन् भने उनलाई नेकपा एमाले की उम्मेदवार गौरी ओलीले पछाई रहेकी छिन् ।
प्रतिनिधि सभा तर्फ १० हजार १ सय ५० मत गणना हुदाँ आलेले ५ हजार ७ सय २४ मत प्राप्त गरेका छन् भने पछाई रहेकी ओलीले ३ हजार २ सय २३ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै प्रदेश सभा तर्फ दुई निर्वाचान क्षेत्र रहेको डोटी जिल्लाको प्रदेश क तर्फ एमालेका उम्मेदवार चक्र वहादुर मल्लको अग्रता कायम रहेको छ उनले हाल सम्म ४ हजार ७२ मत प्राप्त गरेका छन् भने पछाई रहेका नेपाली काग्रेशका उम्मेदवार नरेन्द्र वहादुर सिँहले ३ हजार एक सय ७५ मत प्राप्त गरेका छन् ।
त्यस्तै प्रदेश सभा ख तर्फ नेकपा एमालेका उम्मेदवार टेक वहादुर बंमले अग्रस्थानमा देखिएका छन् उनले हाल सम्म ४ हजार ९ सय ८१ मत प्राप्त गरेका छन् भने निकटम नेकपा माओवादीका उम्मेदवार शिव सिँ ओलीले ४ हजार ७ सय ५६ मत प्राप्त गरेका छन् ।