
डाेटी/ गत कार्तिक २२ गते गएकाे भुकम्पबाट प्रभावित अस्थायी टहरामा बसेका वगलेकका मुक्त हलिया परिवारका सदस्यहरुलाई न्यानाे कपडा वितरण गरिएकाे छ ।
पुर्विचाैकी गाउपालिका वडा नं. २ काे कार्यालयले पालमुनी बसेका हलिया परिवारका सदस्य न्यानाे कपडा कम्मर र सल वितरण गरेकाे हाे ।
समाज सेवा डाेटीकाे समन्वय र ओमन ह्युमानिटारियन एण्ड डिआरआर प्लेटफम काे आर्थिक सहयाेगमा २५ परिवार सदस्यलाई न्यानाे कपडा वितरण गरिएकाे उक्त वडाले जानकारी दिएकाे छ ।
अस्थायी बासस्थानमा बसेका मुक्त हलिया परिवारका सदस्यहरुलाई उक्त वडाका वडा अध्यक्ष, समाज सेवा डाेटीका पदाधिकारीहरुले न्यानाे कपडा वितरण गरेका हुन् । विपतका समयमा गरिएकाे सानाे सहयाेगले पनि ठुलाे राहत पुगेकाे न्यानाे कपडा पाउने परिवारले बताएका छन् । उनिहरुले सहयाेग गर्नेहरुलाई धन्यवाद दिएका छन् ।