
डाेटी/ कार्तिक २२ गतेमा गएकाे भुकम्पबाट प्रभावितमा डाेटीकाे प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ नेतृत्वकाे सहितकाे टाेलीले पिडितहरुलाई राहत वितरण गरेकाे छ ।
उक्त भुकम्पले जिल्लाकाे पूर्विचाैकी गाँउपालिका -३ स्थित गैरागाउ, काडामाण्डाै र सिमलडाँडा क्षेत्रमा ६ जनाकाे ज्यान दिएकाे थियाे भने दर्जन बढि घरहरुमा क्षेति गरेकाे थियाे । साे क्षेत्रमा प्रमुख जिल्ला अधिकारी श्रेष्ठ नेतृत्व सहितकाे टाेलिले कार्तिक २४ र २५ गते निरिक्षण गर्दै राहत वितरण गरेकाे उक्त कार्यालयले जनाएकाे छ ।
मृतकका परिवारलाई राहत स्वरुप नगद सहित सामाग्रीहरु उपलब्ध गराईएकाे हाे । साे क्रममा पदम बहादुर वाेहरा ४ लाख, विस्नादेवि वाेहरा ३ लाख र महाविर वाेहरालाई २ लाख रुपैया घटनास्थलमा गई वितरण गरिएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।
त्यस्तै पूर्ण क्षति भएकाे १८ घर परिवारलाई टेन्ट, व्लांकेट, खाध्यान्न उपलव्ध गराइएकाे, सिमलडाडाका १० घरपरिवारलाइ पनि कार्तिक २६ गते राहत सामग्री पठाउन व्यवस्था मिलाइएकाे बताईएकाे छ । यसैगरी सायल गाउपालिकामा त्रिपाल र व्लांकेट ३०/३० थान पठाइएकाे बताईएकाे छ । स्थानीय तहकाे प्राविधिक, नजिककाे प्रहरी ईकाइ र रेडक्रसकाे संलग्नतामा भाैतिक क्षतिकाे प्रारम्भिक विवरण संकलन भई रहेकाे जिल्ला विपद व्यवस्थापन समितिले जानकारी दिएकाे छ ।
त्यस्त उक्त समितिकाे बैठकले भाैतिक क्षतिकाे सर्भे/ मुल्यांकनका लागि प्राविधिक कर्मचारी पठाउन राष्ट्रिय विपद जाेखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुराेध गरिएकाे जनाएकाे छ । राहत वितरणका क्रममा पुर्विचाैकी गाउपालिका अध्यक्ष राम प्रसाद उपाध्याय, प्रहरी उपरीक्षक राजेन्द्र प्रसाद धमला, स.प्र.उ.वीर सिंह शाहु, प्र.अ.अ. डिगम्वर गिरी, रेडक्रस साेसाइटीका सभापति लक्षि कुवर सहभागी थिए ।