
धनगढी / धनगढीको सीमा प्रहरी चौकी बहुलियाका सई सहितका १० प्रहरीमाथि कारबाही गरिने भएको छ।
पेशागत आचरण अनुसार काम नगरेको आरोपमा प्रहरी चौकी बहुलियाका इन्चार्ज प्रहरी नायब निरिक्षक गोपाल कार्की सहितका १० जना प्रहरीमाथि कारवाही हुने भएको हो।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले काम कारवाही सन्तोशजनक नदेखिएपछि चौकीमा कार्यरत सबै प्रहरीलाई जिल्ला तानेर छानविन भईरहेको जानकारी दिए।
जिल्ला तानिनेमा कार्यालय सहयोगीदेखि इन्चार्ज सम्मका प्रहरी कर्मचारी रहेको निमित्त प्रहरी नायब उपरिक्षक विष्टले बताए। तर चौकीमा थुनुवामाथि कुटपिट गरेको आरोपमा उनीहरुलाई जिल्ला तानिएको स्रोतले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक मुकेशकुमार सिहले जिल्ला झिकाईएका प्रहरीमाथि छानविन भईरहेकाले दोषी देखिए कारवाही गरिने बताए।