कञ्चनपुर / गाईको बाच्छीलाई खुट्टा बाँधेर करणी गरेको अरोपमा कञ्चनपुरमा एक जना युवा पक्राउ परेका छन ।
गाईको बाच्छी करणी गरेका अरोपमा कञ्चनपुर बडैपुरका २६ वर्षीय विरेन्द्र सार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमर थापाले बताए ।
पशुमाथि करणी गरेको कसुरमा निज सार्कि माथी अनुसन्धान भई रहेको डिएसपी थापाले बताएका छन् ।
स्थानीय रमेश रोकायाको घर नजिक सार्कीले आइतबार राति करिब १ बजेतिर २ वर्षका बाच्छीको खुट्टा बाँधेर करणी गरिरहेको अवस्थामा स्थानीयले फेला पारेको उजुरी प्रहरीमा परेको छ । पशुमाथी करणी गर्नु कानूनी रुपमा अपराध हो ।