डोटी / उच्च अदातल डोटीमा कार्यरत एक कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिए सँगै अदातलबाट हुने सेवा प्रवाह बन्द गरिएको छ ।
उच्च अदालतले आज सोमबार एक सूचना जारी गर्दै बन्दीप्रत्यक्षीकरण बाहेकका सेवाहरु २८ गते सम्मका लागी बन्द गरिएको जानकारी दिएको हो ।
कार्यालयमा कार्यरत एक कर्मचारी संक्रमित भए संगै उनको सम्पर्कमा आएका अन्य कर्मचारीहरुको समेत पिसिआर परिक्षण गर्नु पर्ने भएको र अन्य कर्मचारीहरुको थ्रोव श्वाव समेत संकलन भई परिक्षणको क्रममा रहेका कारण सबै कर्मचारीहरु आईसोलेसनमा बस्नु पर्ने भएको सूचनामा उल्लेख गरिएको छ ।
उक्त अदालतले कोरोना सम्वन्धीका रीट निवेदनहरुमा भने आबश्यक कामकार्वाही गर्ने निमित्त रजिष्ट्रार सीता रेग्मीले हस्ताक्षर गरेको सूचनामा उल्लेख गरेको छ ।