
काठमाण्डौ / गत बिहीबार ललितपुरको पुलचोकमा रातो मत्छिन्द्रनाथको रथ जानेक्रममा स्थानिय र प्रहरी विच भएको झडपको क्रममा पक्राउ परेका १९ जना मध्ये ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
प्रहरीसँग झडप, वाटर क्यान तोडफोड र ट्राफिक प्रहरी कमल प्रसाद घिमिरेलाई कुटपिटमा संलग्न भएका मध्ये १९ जना लाई प्रहरीले पक्राउ गरि अनुसन्धान जारी राखेको थियो । उनीहरुको कोरोना परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखीएको महानगरिय प्रहरी परिषरका प्रहरी नायव उपरिक्षक सन्तोष तामाङले बताएका छन् ।
पक्राउ परेकाहरुको मुद्दा अगाडि बढाउन अदालत लैजाने प्रक्रियाका क्रममा स्वास्थ्य परीक्षण गराउदा उनीहरुमा कोरोना संक्रमण देखिएको प्रहरीले जनाएको छ ।