
डोटी / गएको अषाढ महिनामा सामाजिक संजाल मार्फत डोटीको शिखर नगरपालिका बडा नं. ११ बस्ने दुबै मृगौला पिडित सुरेश रोकायालाई बचाउने उदेश्यका साथ थालनी गरिएको सुरेश बचाउ अभियानका अभिन्यताहरुले पिडित परिवारलाई ८४ हजार ६ सय रुपैयाँ हस्तान्तरण गरेका छन् ।
दुबै मृगौला पिडित रहेका २१ वर्षीय युवक रोकायालाई उपचारमा आर्थिक समस्या देखिए संगै डोटीकै युवा दिपेन्द्र सिंह र योगेन्द्र रावतले सामाजिक संजाल मार्फत रोकायालाई बचाउन सहयोगका लागी अभियान सुरु गरेका थिए ।
सोहि अभियानका क्रममा विभिन्न व्यक्तिहरुले सहयोग गरेको रकम पिडित रोकाया की दिदि तारा रोकायाको नाममा रहेको परिवारकी ग्लोबल आइएमई बैंकमा यस पटक ६९ हजार ६ सय र यस भन्दा पहिले १५ हजार गरि ८४ हजार ६ सय रुपैया जम्मा गरिएको अभियन्ता योगेन्द्र रावतले बताए ।
आफुहरुले सामाजिक संजाल माफैत संचालन गरेको अभियानलाई विश्वास गर्दै आर्थिक सहयोग रहेका सबै सहयोगीदाताहरुलाई अभियान्ता दिपेन्द्र सिँहले धन्यवाद दिएका छन् । रोकायाको उपचारका लागी अझै धेरै रकम आबश्यक रहेको र उनको परिवारको आर्थिक अबस्था एकदमै नाजुक रहेका कारण अझै सहयोग गरिदिनका लागी समेत अभियान्ता सिँहले आग्रह गरेका छन् ।
पछिल्लो समय सामाजिक संजालहरुबाट यसरी अभियान संचालन गर्दै पिडित पक्षलाई सहयोग गर्ने प्रचलन जस्तै बनेको छ । सहयोगी मनहरुको सानोसानो सहयोगले कतिपय पिडित परिवारको उद्दार भएका कयौ उदाहरणहरु हाम्रो समाजमा देख्न सुन्न पाईन्छ ।
पाँच बर्ष देखी दुवै मृगौला फेल भएका २१ बर्षिया युवक रोकायाको काठमाडौं स्थीत महाराजञ्जमा रहेको शिक्षण अस्पतालमा उपचार भईरहेको छ अभियन्ता सिँहले जानकारी दिएका छन् ।

दुबै मृगौला पिडित २१ बर्षिया युवा सुरेश रोकाया र सहयोगका लागी अपिल गर्दै आफन्त