डोटी / लामो समय देखी बन्द रहेको डोटीको दिपालय विमानस्थलबाट अब नियमित उडान हुने भएको छ ।
केहि दिन पहिले मात्र संघिय सरकारका पर्यटनमन्त्री सहितको टोलीले निरिक्षण गरेको दिपायल विमानस्थलबाट असोज २७ गते पहिलो उडान हुने श्रोतको दावी छ ।
समिट एयरलाइन्सले डोटी धनगढीको नियमित उडान भर्ने छ भने डोटी देखि धनगढीका लागी ३ हजार २ सय भाडा दर निर्धारण गरिएको श्रोतले जनाएको छ । सोहि विमानले बैतडी र बझांगका लागी समेत उडान भर्नेछ । पहिलो चरणमा साताको एक दिन उडान हुने बताईएको छ ।
धनगढी देखी बैतडी ३ हजार ६ सय, धनगढी देखी बझांगका लागी ४ हजार ९ सय भाडा दर कायम हुन सक्ने श्रोतको दावी छ । यस भन्दा पहिले पनि डोटीको विमान स्थलमा विमानमा आएका नेपाल सरकारका पर्यटन मन्त्रीहरुले नियमित उडान हुने बताएको भए पनि उडान हुन नसक्दा डोटेलीहरुले अहिले हुने उडानको विषमा पनि आशंका गरेका छन् ।
भोली मंगलबार विमान आउने नआउने भन्ने विषय डोटेलीहरुका लागी प्रतिक्षाको विषय बनेको छ ।