युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं / अमर्यादित क्रियाकलापमा संलग्न भएको भन्दै प्रहरीले भक्तपुरको ठिमी क्षेत्रका गेष्ट हाउसहरुबाट १४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ७ जना महिला छन् ।

लकडाउन खुलेपछि गेष्ट हाउसहरूमा असामाजिक कृयाकलापहरू बढेको सूचनाको आधारमा शनिबार ठिमी प्रहरीले सुनकोशी गेष्ट हाउस, सनसाइन गेष्ट हाउस र बालकुमारी गेष्ट हाउसमा छापा मारेको थियो ।

सुनकोशी गेष्ट हाउसबाट धनुषाको धारापानी घर भएका २० वर्षीय कमल गिरी, मध्यपुर ठिमी नगरपालिका–७ बस्ने ३० वर्षीय रमेश घजु र दोलखाको भिमेश्वर–४ घर भै हाल नयाँठिमी बस्ने २० वर्षीया महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

यसैगरी सनसाइन गेष्ट हाउसका धनी रामेछापको उमाकुण्ड–२ घर भइ कौशलटार बस्ने ३८ वर्षीय दिलध्वज खड्का, दाङको राजपुर घर भई ललितपुरको बालकुमारी बस्ने २४ वर्षीया महिला, मोरङको केराउन–४ घर भई हाल भक्तपुरको कमलबिनायक बस्ने ३५ वर्षीया महिला, भक्तपुरको चाँगुनारायण–७ का ४७ वर्षीय पुरुष र भोजपुरको षडानन्द–११ घर भई हाल नयाँठिमी बस्ने २३ वर्षीय पुरुष पनि पक्राउ परेका छन् ।

यसैगरी बालकुमारी गेष्ट हाउसका धनी कालिकोटको नरनाथ–५ घर भई हाल नयाँठिमी बस्ने २४ वर्षीय नरेश बोगटी, सिन्धुलीको गैरीगाउँ–४ घर भई हाल नयाँठिमी बस्ने ३२ वर्षीया महिला, काभ्रेको रोशी–२ घर भई हाल नयाँठिमी बस्ने २३ वर्षीया महिला, सिन्धुलीको भिमान–२ घर भई जोरपाटी बस्ने २४ वर्षीया महिला, सुनसरीको धरान घर भई हाल लुभु बस्ने २२ वर्षीया महिला र मकवानपुरको कैलास गाउँपालिका–२ घर भई हाल नयाँठिमी बस्ने २७ वर्षीय पुरुष पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुलाई महानगरीय प्रहरी वृत्त ठिमीमा राखेर आवश्यक अनुसन्धान भइरहेको डिएसपी ऋषिराम कँडेलले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय