दार्चुला / दशैँ तिहारलाई लक्षित गरि जिल्ला प्रहरी कार्यालयले विशेष सुरक्षा योजना लागु गरेको छ ।
चाँडबाँडका बेला विभिन्न उच्छृङ्खल खालका गतिविधिहरु हुने भन्दै शान्ती सुरक्षा व्यवस्था कायम गर्न जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्लामा सुरक्षा योजना कार्यान्वयन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी पदम बहादुर विष्टले बताए ।
चाडपर्वहरुलाई सभ्य रुपमा मनाउने वतावरण सिर्जना गर्न जिल्ला भरि ३ सय २२ जना प्रहरी परिचालन गर्ने योजना रहेको उनले बताए । बैंक तथा वित्तिय संस्थाहरु, सुन चाँदीको कारोबार हुने स्थानमाहरुमा विशेष गस्ती गरिने छ ।
चाडवाडका बेला सवारी साधनमा क्षमता भन्दा बढी यात्रुहरु बोक्ने प्रबृतीले दुर्घटना निम्त्याउने हुदाँ गोकुलेश्वर र खलंगा बसपार्कमा डेल्प डेक्स स्थापना गरिएको तथा अन्य थप ९६ जना प्रहरी सवारी साधनहरुको निगरानीका लागि खटाइने डिएसपी विष्टले जानकारी दिए ।