
कैलाली / धनगढीको कैलाली अस्पतालका सञ्चालन रहेका जनकराज जोशीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आफुलाई संक्रमण भएको जोशीले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका हुन् ।
उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई समेत चेकजाँच गर्नका लागी आग्रह गरेका छन् ।
होम आईसोलेसनमा रहेका जोशीले गत शुक्रबार थ्रोट स्वाबको नमूना परीक्षणका लागि दिएका थिए।
आज आइतबार उनमा कोरोना संक्रमण पुष्टी भएको हो । रुघाखोकी देखिएपछि कोरोना परीक्षण गरेको उनले बताए।