डाेटी / ६ बुदे माग सहित २७ दिन सम्म अनसन बसेका डा. गाेविन्द केशी र सरकार पक्ष विच डा केशीकाे माग सम्वाेधन गर्ने गरि सहमती भएकाे छ ।
दुबै पक्षकाे बार्ता पछी भएकाे सहमति संगै डा. केशी र सरकारी पक्षले ८ बुदे सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
डा. केशिले राखेकाे ६ बुदे मागमा सुदुरपश्चिमकाे ७ पहाडिहरुका लागि डाेटी वा डडेल्धुरा जिल्लामा मेडिकल कलेज स्थापना गर्नु पर्ने माग समेत थियाे ।
सहमतिपत्रमा उक्त मागलाई पनि सम्वाेधन गरिएकाे छ । अर्थात अब डाेटी र डडेल्धुरा मध्ये कुनै एक जिल्लामा सरकारी मेडिकल कलेज स्थापना हुनेछ ।
सहमति पत्रमा डोटी वा डडेल्धुरामा पनि मेडिकल कलेज स्थापना गर्न प्रक्रिया थालिने उल्लेख गरिएकाे छ । मेडिकल कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरी प्रतिवेदन समेत तयार भईसकेकाले अगामी वर्ष भित्र शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले स्थापनाको प्रक्रिया थाल्ने सहमती सरकार र डा. केसीबीच भएको सहमती पत्रमा उल्लेख छ।
डाेटी र डडेल्धुरा मध्ये कुन जिल्लामा मेडिकल कलेज स्थापना हुनु सबैका लागि लाभदायक हुन सक्छ भन्ने विषय अहिले चर्चामा छ । साविककाे भाैतिक दुरीका आधारमा ७ पहाडि जिल्लाहरुका लागि उपयुक्त स्थान डाेटी हुन सक्छ । डाेटीमा मेडिकल कलेज स्थापनाका लागि सरकारी जमिनहरुका साथै सरकारी भाैतिक संरचनाहरु पनि धेरै रहेछन् । अर्काे कुरा साविककाे विकास क्षेत्र काे मुकाम उपक्षा गर्दै प्रदेश राजधानी कैलाली साएकाेले पनि डाेटीलाई पीडा भएकाे डाेटेलीहरुकाे बुझाई छ ।