युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

आशिष बहादुर सिंह / बझाङ सदरमुकाम चैनपुरमा खानेपानी आपुर्तीका लागी मुहानको अभाव भएको र भएको पानी समेत उचित व्यवस्थापनको अभावमा खानेपानीको समस्या रहेको जिल्ला सदरमुकाम चैनपुरमा अव सेती नदीको पानी लिफ्टबाट तानेर वितरण गरिने भएको छ ।

एसियाली विकास बैङकको आर्थिक सहयोगमा नेपाल सरकार साना शहरी खानेपानी योजना अन्तरगत सदरमुकाम चैनपुरमा खानेपानी योजना निर्माण सुरु भएको हो । आयोजना निर्माणका लागि २०७६ सालमा ठेक्का पाएको आशिस सीएबी जेवि निर्माण कम्पनीले काम सुरु गरेको हो ।

जम्मा २१ करोड ७३ लाखको लागतमा निर्माण हुने चैनपुर साना शहरी खानेपानी योजनाले सिमभाडीमा ७ लाख क्षमताका चारवटा ट्याङ्की सहित नदीको पानी फिल्टर गर्ने अन्य प्रविधिसहितका पुर्वाधारहरु निर्माण गर्न लागेको छ । बझाङ जिल्लामा लिफ्टबाट खानेपानीको बितरण हुने यो पहिलो योजना हो ।

सदरमुकाम चैनपुर वजार क्षेत्र सहित आसपासका बस्तीहरु भोपुर, दम्दुर, देवल लगायतका वस्तीमा खानेपानी वितरण गरिने यो योजनावाट ११ सय ६५ धारा निर्माण गरिने आयोजनाका ईन्जिनियर विनित जोशीले वताए । निर्माण भइरहेको योजना २० वर्ष सम्मको जनसंख्यालाई मध्यनजर गरि निर्माण गरिएको जनाइएको छ । योजनाको ७० र उपभोक्ताको ३० प्रतिशत लागतमा निर्माण भरहेको यो योजनावाट ३ हजार ७ सय ५० परिवार लाभाम्वीत हुनेछन् ।

योजनाले हाल ट्याङकी निर्माण सहित अन्य संरचनाहरु निर्माण गरिहेको छ । मिटर प्रविधिवाट पानीको वितरण हुने यस योजनाको अहिलेसम्म ५१ प्रतिशत काम सकिएको छ । साना शहरी खानेपानी योजनाको काम सम्पन्न भएपछि बझाङ सदरमुकाम चैनपुरका साथै नजिकका वस्तीका जनता खानेपानीबाट लाभाम्वीत हने उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले वताए ।

योजनाले विपन्न असाहय ३ हजार ७ सय ५० परिवारलाई धारा र शौचालयमा निर्माणमा अनुदान समेत दिएको जनाएको छ । एक धारा जडान गर्दा २० हजार तिर्नुपर्ने भएपनि अहिले छुटेका परिवारले १६ हजार तिरे धारा जडान गर्न सकिने चैनपुर खानेपानी उपभोक्ता समितिले जनाएको छ । निर्माण कम्पनीले आउदो चैत्र महिनासम्म खानेपानी योजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय