डोटी / संघिय सरकारका पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टी भएको छ ।
शनिवार भएको परिक्षणमा मन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टी भएको हो । मन्त्री भट्टराईले आफ्नो फेसबुमा यस्तो लेख्दै कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
गत सोमबार कोरोना परिक्षाण गर्दा रोपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ । हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुनस् कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु। हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । केहि दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ ।
केहि दिन अघि मात्र मन्त्री भट्टराइृ सुदुरपश्चिम भ्रमणमा थिए भ्रमणका क्रममा मन्त्री भट्टराईले सुदुरपश्चिमको दिपालय विमान स्थलका साथै तिन विमानस्थल निरक्षण गरेका थिए ।