
बाजुरा / धनगढी विमानस्थलबाट हवाई जहाज चढी बाजुरा पुगेका ५ जनामा एकै दिन कोरोना संक्रमण पुष्टी भएको छ ।
असोज २१ गते स्वाब संकलन गरी परिक्षणका लागी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाईएको बाजुराका ३७ जनाको रिपोट आएको र त्यस मध्ये ५ जनाको कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताए ।
२ महिनादेखि शुन्य कोरोना संक्रमति रहेको बाजुरामा शनिवार एकै दिन ५ जनामा संक्रमण देखिएको छ । आज पुष्टी भएका संक्रमितहरु जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाका हुन् ।