
काठमाडौं / नेपालमा कोरोना भाईरस संक्रमणको दर डरलाग्दो रुपमा देखिन थालेको पछिल्ला २४ घण्टामा मुलुक भर पिसिआर परिक्षण गरेका मध्ये २५ प्रतिशत भन्दा बढीमा कोरोना संक्रमण पुष्टी भएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । मुलुकभरको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १९ हजार ३ सय २० जनाको पिसिआर परिक्षण भएकोमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टी भएको हो ।
यो संख्या नेपालका लागी सबै भन्दा बढी हो । कुल परिक्षण भएकाहरु मध्ये २५ प्रतिशत भन्दा बढीमा कोरोना संक्रमण भएको छ ।
यो सँगै नेपालमा कुल संक्रमित हुनेको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर ३० हजार ८ सय १८ संक्रिय संक्रमित छन् ।