निर्मला बंम / शनिबार जिल्ला अस्पताल डाेटीकाे प्रयोगशालामा गरिएको परिक्षणमा डाेटीका थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएकाे छ ।
पुष्टि हुनेमा दुई जना दिपायल सिलगढी नगरपालिका र एक जना केआईसिह गाउपालिकाकाे रहेका स्वास्थ्य कार्यालय डाेटीले जनाएकाे छ ।
नगरपालिकाकाे वडा न ५ का ४२ बर्षिया पुरुष र बडा नं. ६ काे ५२ बर्षका रहेका छन् भने केआईसिह गाउपालिका वडा नं. २ का २७ बर्षिया पुरुषमा काेराेना संक्रमण पुष्टी भएकाे हाे ।
याे संगै जिल्लामा काेराेना संक्रमण हुनेकाे संख्या १ हजार १ सय १४ पुगेकाे छ भने सक्रिय संक्रमितकाे संख्या ९२ रहेकाे स्वास्थ्य कार्यालय डोटीले जनाएकाे छ ।