
डोटी / कोरोना भाईसरको संक्रमण समुदाय स्तरमा देखिए पछि डोटीको दिपायल सिलगढी नगरपालिका बडा नं. ६ र ९ सिल गरिएको छ ।
नगरपालिकाको वडा नं. ६ का अध्यक्ष सन्तोष बोहराले दिएको जानकारी अनुसार उक्त बडाका एक जना पुरुषमा कोरोनाको संक्रमण देखिएको छ ।
निज पुरुषमा कोरोना संक्रमण पुष्टी भए संगै उक्त बडाको नाचनथली देखी मुनी, कलेनजाने बाटो देखि माथी, जिल्ला अस्पताल जाने वाटो माथी र नचनथली मोड भन्दा मुनी यति चार किल्ला भित्र सिल गरिको अध्यक्ष बोहराले बताए । सिल गरिएको चार किल्ला भित्रका मानिसहरु बाहिर आउन पाउने छैनन् भने बाहिरका मानिहरु सिल क्षेत्रमा प्रबेश गर्न पाउने छैनन् । त्यसका लागी सुरक्षाकर्मि परिचालित हुने समेत अध्यक्ष बोहराले बताए ।
त्यस्त नगरपालिकाको बडा नं. ९ को मल्लो कलेनाका एक जना कोरोनामा कोरोना संक्रमण पुष्टी भए संगै मल्लो कलेना सिल गरिएको वडा नं. ९ का अध्यक्ष धर्म साँउदले बताए । कलेनाका स्थानियबासीन्दा कृषि विकास बैक सिलगढी शाखामा कार्यरत रहेको र उनीलाई संक्रमण देखिए पछि मल्लो कलेना सिल गरिएको हो ।
सिल भएका स्थानका मानिसहरुको कोरोना परिक्षणका लागी केहि थ्रोवश्वाव संकलन भएको केहि संख्याका मानिसहरुको श्वाव संकलन गर्ने कार्य जारी रहेको वडा कार्यालयहरुले जनाएको छ । कृषि विकास बैक सिलगढी शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपनि बैक भने संचालनमा रहेको छ ।