
काठमाडौं / कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ ।
बीर अस्पतालमा उपचार भई रहेकि चौधरीको अबस्थामा चौथो दिन सम्म पनि केही सुधार नआएपछि गएराति उनलाई आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ ।
चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोनाको लक्षण देखिएको थियो ।
उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन् ।