नबलपरासी / आफ्नै १३ बर्षिया छोरीलाई २ बर्षको अबधि सम्म पटक पटक बलात्कार गर्ने बाबुलाई अदालतले जन्म कैदको फैसला सुनाएको छ ।
जिल्ला अदालत पूर्वी नवलपरासीका न्यायाधीश अर्जुन अधिकारीको एकल इजलासले शुक्रबार अभियोगमा पक्राउन परेको ४० बर्षका पुरुषलाई ५० हजार जरिमाना सहित जन्मकैदको फैसला सुनाएको हो ।
एक वर्ष अघि ४० बर्षिया बाबुको विरुद्धमा मुद्दा परेको थियो । बलात्कार पछि छोरी गर्भवती भएको र गर्भपतन गराइएको अदालतमा बाबुले स्वीकार गरे संगै उनलाई जन्मकैदको फैसला सुनाएको हो ।