प्रकाश बंम, डोटी / ग्रामिण जलस्रोत ब्यवस्थापन परियोजनामा कार्यरत बिनोद खड्काको मृत्यूको सत्य तथ्य छानबिनको लागि माग गर्दै बिहीबार गैसस महासंघ डोटी शाखाले डाेटीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञपन पत्र बुझाएकाे छ ।
खड्काको असोज २० गते बडीकेदार गाउँपालिकाको बिपीनगर भन्दा अढाई घण्टा टाढा गोलेचौड स्थित सडक छेउमा बेहोस अवस्थामा फेला परेका थिए । उपचारका लागि धनगढी लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको थियो ।
गैससका अध्यक्ष रघु कठायतले हस्ताक्षरत गरेका उक्त ध्यानाकर्षण पत्रमा विनाेदको अकस्मात भएको मृत्यू प्रति आशंका रहेको उल्लेख गरिएको छ । महासंघ डोटीले शंका गर्नु पर्ने ४ वटा आधारहरु समेत पत्रमा उल्लेख गरेको छ ।
मृतक खड्कासंग रहेको मोबाइल घटनास्थलमा प्राप्त नहुनु, मृतक बेहोस अवस्थामा रहेका बेला मोटरसाइकलको चाबि खल्तीमा भेटिनु, राति अबेरसम्म सुतेको मान्छे बिहान ५ भन्दा अगाढी उठेर एक्लै मोटरसाइकल चलाएर जानु तथा मोटरसाइकलको पछिल्लो टायरको छाँप नदेखिदा घटना शंकास्पद रहेको बताइएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भिम प्रसाद भट्टराईले सत्यतथ्य छानबिनमा जोड दिने बताए ।