डोटी / कार्यालयमा सेवा प्रवाह गर्नुको साटो बनभोजमा गएको भन्दै नेपाल बिद्यार्थि संघ पुर्विचौकी कमिटिले पुर्बिचौकी गाउँपालिकामा तालाबन्दी गरिएको छ ।
शुक्रबार गाउँपालिकाका सबै जनप्रतिनिधि, कर्मचारीहरु कोरोना कहरका समयमा सेवा प्रवाह गर्नुको साटो बनभोजमा गएका कारण आफुहरुले तालाबन्दी गरेको नेपाल बिद्यार्थि संघ पुर्बिचौकी कमिटीले जनाएको छ ।
तालाबन्दी संगै एक विज्ञप्ती जारी गर्दै ताला खोलीएमा त्यस पछि आउने परिणामको जिम्मा गाँउपालिकाले लिनु पर्ने उल्लेख गरिएको छ ।