एजेन्सी / हर्षाली मलहोत्रीले सलमान खानको सुपरहिट फिल्म ‘ बजरंगी भाइजान’ बाट बाल कलाकारको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् ।
बाल्यकालको उनको त्यो सुन्दर अनुहारले लाखौँ मानिसको मन जितेको थियो । जुलाई १७ मा फिल्म ‘बजरंगी भाइजान’ रिलिज भएको ५ वर्ष पुरा भइसकेको छ । फिल्ममा मुन्नीकोे भूमिकामा देखिएकी हर्षाली अब १२ वर्षकी भइसकेकी छन् ।
पछिल्लो वर्षको तुलनामा उनको लुक्स निकै परिवर्तन भएको छ । उनी सानै उमेरदेखि आफुलाई फिट राख्न निकै वकआउट गर्न थालेकी छन् । बजरंगी भाइजानपछि उनीले ‘नास्तिक’ नामको फिल्ममा काम गरेकी थिइन् ।
फिल्मको सुटिङ सन् २०१७ मा नै सक्किएको थियो तर आजसम्म पनि रिलिज भएको छैन । सलमान खानको फिल्ममा आउँनु अगाडी उनले धेरै टिभी सिरियलमा पनि काम गरेकी थिइन् ।
उनी सावधान इन्डिया, लौट आओ तृषा लगायतका कार्यक्रममा पनि देखिएकी थिइन् । करिब तीन वर्षदेखि हर्षाली ग्याक्रस दुनियाँबाट टाढा छिन् । सामाजिक सञ्जालमा तस्बिर सेयर गर्न व्यस्त उनी अहिलेको समय आफ्नै घरमा व्यस्त छिन् ।