
काठमाडौं / पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको संगै नेपालमा संक्रमित हुनेको संख्या १ लाख नाघेको छ भने ६ सय बढीको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरका प्रयोगशालामा १३ हजार २ सय ७९ नमुना परीक्षण गर्दा ७ सय ३२ महिला र १ हजार ३ सय २७ पुरुष गरि २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार हाल सम्म मुलुक भरमा १ लाख ६ हजार ७६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्यस मध्ये ६ सयको मृत्यु भएको छ । ७३ हजार २३ जना संक्रमणमुक्त भएका छन् ।