समिक्षा आर्चाय, काठमाण्डौ / आबरण अनसनमा बसेका डा. गोविन्द केशीले आजै अनसन तोड्ने भएका छन् ।
सरकार र आमरण अनसनरत डा. गोविन्द केसी बीच सहमति आज शुक्रबार सहमति भए संगै आजै केहि बेरमा अनसन तोड्ने तयारी भई रहेको उच्च श्रोतले जनाएको छ ।
दुबै वार्ता टोलीले सहमतिलाई केहि बेरमा औपचारिकता दिने र यस पछि डा.केशीले अनसन तोड्ने तयारी भई रहेको बताईएको छ ।
स्रोतका अनुसार विश्वविद्यालय, आईओएम, काउन्सिल र प्रतिष्ठानमा पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्ड ऐनमै राख्ने र ऐन संशोधन नहुँदा सम्म वरिष्ठता र कार्यक्षमताका आधारमा नियुक्ति गर्ने सहमति भएको बताईएको छ ।