धनगढी / सुदुरपश्चिम प्रदेश राजधानी समेत रहेको प्रदेशिक अस्पतालमा रहेको प्रयोग शालामा पछिल्लो २४ घण्टामा भएको परिक्षणमा थप ४९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालाले दिएको जानकारी अनुसार कुल चार सय ९३ जनाको पिसिआर परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।
४९ जना मध्ये धनगढी उपमहानगरपालिकाका मात्र २१ जनामा संक्रमण देखिएको हो । यो सँगै धनगढीमा मात्र कोरोना संक्रमित हुनेको संख्या ८ सय ८५ पुगेको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।