
डोटी / डोटीको बोगटान फुड्सिल गाँउपालिका स्थायी घर भई काठमाण्डौमा बस्दै आएका नेकपाका युवा नेता टेक बंमलाई विहिबार कोरोना संक्रमण पुष्टी भएको छ ।
पहिल्लो समय सामाजिक संजालमा भाईरल रहेकी फरक क्षेमता कि धनी नब कलाकार तथा मोडेल सुजल बंमको बुबा टेक बंमले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् ।
उनले सामाजिक संजाल मार्फत गएको एक हप्तामा आफ्नो सम्पर्कमा आएका सबै लाई सुरक्षित रहन र पिसिआर परिक्षण गर्नका लागी आग्रह गरेका छन् । नेता बंमको अबस्था सामान्य रहेको परिवार श्रोतले जनाएको छ ।