
डोटी / गत श्रावणमा जिल्लाको आदर्श गाँउपालिका वडा नं. १ खलगडामा घर भत्कदा एकै परिवारका ४ सदस्यले अकालमा ज्यान गुमाउदा पिडामा रहेको परिवारलाई प्रवासी नेपाली आर्थिक सहयोग गरेका छन् ।
बर्षाका कारण पुरै परिवार नै तहसनहस भएपछि पिडामा रहेका लोगे विकलाई सुदुरपश्चिमेली नेपाली समाज भारत ले २७ हजार २ सय ५० रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
भारतमा रोजगारी गर्ने युवाहरुको समुहले घटना भएको समयमा सहयोग अभियान थालनि गरेका थिए । सोहि अभियानका क्रममा संकलन भएको रकम विहिबार उक्त गाँउपालिकाका वडा नं. १ का अध्यक्ष नरेश खड्का र स्वास्थ्य संयोजक बम बहादुर खड्काको रोहबरमा सुदुरपश्चिमेली नेपाली समाज भारत केन्द्रीय समिति सदस्य इन्द्र साउद, धर्मदेब जोशि, मुम्बई थाना जिल्ला सदस्य राम प्रशाद ओझाले उक्त रकम हस्तान्तरण गरेको सालमुनी युवा कल्बका अध्यक्ष ईन्द्र साँउदले बताए ।
उक्त घटनामा परि लोगे विकको श्रीमती विष्ना विक, १२ वर्षीय छोरा पारस विक, आठ वर्षीया छोरी सिर्जना विक र चार वर्षीया छोरी जेनिसा विकको मृत्यु भएको थियो ।