
एजेन्सी । भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) का पूर्व प्रमुख अश्वनीकुमारले आत्महत्या गरेका छन् ।
उनको शव शिमलास्थित घरमा झुण्डिएको अबस्थामा फेला परेको हो। प्रहरीले उनले आत्महत्या गरेको बताएको छ ।
प्रहरीले घटनास्थलबाट अश्वनीकुमारको सुसाइड नोट पारेको छ। सुसाइड नोटमा ‘आफ्नो अपांगताका कारण यस जीवनलाई समाप्त पारिरहेको र नयाँ जीवनतर्फ बढिरहेको’ उल्लेख गरिएको छ ।
उनी सन् २००८ – २०१० को बीचमा सिबीआई प्रमुख बनेका थिए भने त्यसपछि उनी मणिपुर र नागाल्याण्डका गभर्नर पनि बनेका थिए। त्यसपछि उनी एपिजी गोयल शिमला विश्वविद्यालयको कुलपति पनि भएका थिए। त्यहाँबाट २०१८ मा अवकाश लिएका थिए।