युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

आशिष बहादुर सिंह / बझाङमा जिल्लाकै विकट र सदरमुकामबाट चार दिनको पैदल यात्रामा मात्र पुगिने साइपाल गाउँपालिकाले २० वर्षपछि विवाह गर्ने जोडीलाई २० हजार पुरस्कार दिने निर्णय गरेको छ ।

गाउँपालिकामा सानै उमेरमा विवाह गरिदिने र कतिपय किशोर किशोरीहरूले आफैँ भागेर बालविवाह गर्ने प्रचलन बढ्न थालेपछि यसलाई रोक्न यस्तो निर्णय गरेको साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए ।

विद्यालय जाने उमेर समूहका बालबालिकालाई बालविवाहबाट रोक्ने जिम्मा विद्यालयलाई दिएका कारण आफूहरू बालविवाह रोक्न लागिपरेको र अहिलेसम्म दुई बालिकालाई उद्धार गरी माइतीघरमै ल्याउन सफल भएको धुली माविका प्रधानाध्यापक नवराज जोशीले बताए ।

गाउँपालिकाभित्र वा बाहिर २० वर्ष उमेर नपुग्दै कोही कसैले विवाह गरी ल्याएको वा भागेको खण्डमा प्रहरी प्रशासनसँग अनुरोध गरी कारवाही गर्ने गाउँपालिकाको नीति छ ।

गाउँपालिका अध्यक्ष धामीले उमेर नपुग्दै विवाह गर्ने प्रचलनलाई निरुत्साहित गर्न र २० वर्षपछि मात्र विवाह गर्ने चेतना विकास गर्नका लागि गाउँपालिकाले यस्तो निर्णय गरेको बताए ।

उनले भने, ‘उमेर नपुग्दै विवाह गर्ने बढ्दो क्रमलाई रोक्न नसकेपछि २० वर्ष नपुगी बिहे गर्नेलाई प्रहरीद्वारा कार्बाही गर्ने र २० वर्षपछि मात्र बिहे गर्ने जोडीलाई नगद पुरस्कार दिने निर्णय गरेका हौँ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय