
कैलाली / सुदुरपश्चिमको कैलाली गेटामा निर्माणभई रहेको गेटा मेडिकल कलेज संचालनका लागी अनुमति दिईनु पर्ने भन्दै धनगढीमा चक्काजाम गरिएको छ ।
नेपाली काग्रेस निकट नेपाल बिधार्थी संघले मेडिकल संचालनका लागी अनुमति दिईनु पर्ने माग सहित चक्का जाम गरेका हुन् । कलेज र अस्पताल संचालनको स्वीकृती दिनुपर्ने माग राख्दै आज दिउँसो मेडिकल कलेज अगाडी एक घण्टा चक्काजाम गरि विरोध प्रर्दशन समेत गरिएको छ ।
सरकारी ढुकुटीको पौने चार अर्ब रकम उक्त मेडिकल कलेज निर्माणमा खर्च भई सकेकाले पनि अध्ययन अध्यापनका लागी अनुमति दिईनु पर्ने नेविसंघ कैलालीले माग गरेका हुन् ।