
समिक्षा आर्चाय, काठमाण्डौ / काठमाण्डौमा मात्र पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिलो २४ घण्टामा काठमाण्डौ सहित मुलुकभरमा थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
२५ हजार सक्रिय संक्रमित देखिए मुलुकमा पुनः लगडाउन गर्ने चर्चा चलेको समयमा नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नजिक पुगेको छ ।
यो सँगै कुल संक्रमितको मुलुक भरमा कोरोना संक्रमित हुनेको संख्या ९८ हजार ६ सय १७ पुगेको छ भने त्यस मध्ये ५ सय ९० जनाको मृत्युभई सकेको छ ।