युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डाेटी/ विश्वभरी काेराेना महामारीकाे कहर चलेकाे छ । छिमेकि मुलुक भारतमा काेराेना संक्रमण अत्यधिक फ‌ैलिएपछि घर फर्किन लाग्दा डाेटीका लाेकेन्द्र कठायत भारतमा मात्रै नभई नेपालमा समेत लुटीका हुन् ।

सुपअनलाईन संग कुरा गर्दै लाेकेन्द्रले भने, “काेराेना कहरका समयमा भारतमा नै बसियाे अहिले भारतमा संक्रमितकाे संख्या उच्च रहेकाे, आफ्नाे गाउघरमा चाडवाड आउदैछ भनी घर फर्कदा भारतमा पनि नेपालीले लुटे, नेपालमा पनि नेपालीले लुटे ।”

भारतको डिल्लीबाट कैलालीको गौरीफन्टा नाका सम्म पहिले सरकारी गाडीमा ४ सय ५० र निजि सवारीमा ६ सय ५० रहेकाे मा आफुले १५ सय भारु तिर्नु परेकाे लाेकेन्द्र बताउन्छन् ।

उनी भन्छन्, “म निजि सवारीमा आएकाे हु, त्याे पनि नेपालीले नै चलाएकाे यातायातमा । १४ सिटे गाडि थियाे, गाडिमा २० जनालाई काेचेर राखिएकाे थियाे । म‌ैले १५ सय तिरे जवकि यस भन्दा पहिले साेहि स्थानमा यात्रा गर्दा अधिकतम ६ सय ५० सम्म तिरेकाे थिए ।”

मंगलबार डिल्लीबाट हिनेका लाेकेन्द्रले त्यतिबेला आफू लुटिएकाे थाहा पाए जतिबेला यात्रा सकिए पछि संगै आएका यात्रुहरुसंग कुरा गरे । साथिहरुलाई साेध्दा कसैसंग १५ सय कसैसंग २ हजार कसैसंग १ हजार यातायत व्यवसायिहरुले असुल गरेकाे उनी बताउन्छन् । “म चाहिँ कस्मिर गेटका गाडी संचालकहरु राजेन्द्र भट्टलाई फोन गरेको थिए पछि मलाई छत्र बुढाले गाडीमा राख्नु भएको हो । नेपाली भनेर विश्वास गरियाे तर लुटियाे । ” उनले भने । भारतमा अहिले दर्जन बढी नेपालीहरुले सवाई संचालन गरिरहेकाे र सबैले यसरी नै मनपरि ढंगले भाडा असुल गरि रहेकाे उनकाे भनाई छ ।

डाेटीकाे दिपायल सिलगढी नगरपालिका घर भएका लाेकेन्द्र भारतमा मात्र लुटीएनन् नेपाल पुगे पछि पनि यातायात व्यवसायीबाट लुटीएकाे बताउन्छन् ।

धनगढी भन्सार देखि दिपायल सम्म पहिले करिब ६ सय रुपैया भाडा लाग्ने गरेकाे भएपनि आफुलाई २० सय रुपैया तिर्न यातायात व्यवसायिहरुले बाध्य पारेकाे उनी बताउन्छन् । काेराेना कहरका कारण सरकारले साविक भाडादरमा ५० प्रतिशत बढाएपनि यात्रु क्षेमता भन्दा आधा बाेक्न भनिएकाे भएपनि त्यसकाे परिपालन नगरि उल्टै यात्रु क्षेमता भन्दा बढि बाेक्ने र भाडा पनि ३ गुणा बढि लिने गरेकाे उनी बताउन्छन् ।

आफू जस्ताे अलिकति पढेलेखेका युवाहरु यसरी लुटिदै गरेका बेला कमबुझेका मान्छेहरुलाई कसरी लुटि रहेका हाेलान् उनी प्रश्न गर्छन् । यति माेटाे रकम अशुल गरिने भए पनि कुनै टिकट वा निस्सा प्रमाण केही नदिने गरेकाे उनी बताउन्छन् । लाेकेन्द्र भन्छन्, “बाटाे भरि सुरक्षाकर्मि छन्, चेकजाच हुन्छ तर नियम विपरित यात्रु राखेकाे देख्दा सम्म ट्राफिक प्रहरी केही बाेल्दैनन् । भाडाकाे विषयमा कुरा सुनाउदा समेत उनीहरुले कुनै प्रतिक्रिया देखाउदैनन् ।”

लाेकेन्द्र त एउटा उदाहरण पात्र मात्र हुन् । उनी जस्ता हजाराै मानिसहरु नेपाल भित्रिएका छन् र नेपाल बाट भारत जानेकाे संख्या पनि त्यस्तै छ । यसरी यात्रुहरु लुटिदै गर्ने तर सम्वन्धि पक्षले कार्वाहि नगर्दा कतै यातायत व्यवसायिहरु संग प्रहरी प्रशासनकाे राम्रै साटगाठ त छैन भन्ने प्रश्न उठ्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय