
काठमाण्डौँ / सन् २०२२ को डाइभर्सिटी भिसा डिभीं कार्यक्रमको लागि आवेदन दर्ता बुधबार साती १० बजे देखी सुरु भएको छ ।
नेपालस्थित अमेरिकी दुतावासले दिएको जानकारी अनुसार यसको अवधि अक्टोबर ७, २०२२ (असोज २१, २०७७) राती १० बजे देखी सुरु भएको डीभीको आवेदन नोभेम्बर १०, २०२२ अर्थात कात्तिक २५ राती १० बजेमा बन्द संचालनमा रहने छ ।
यस भन्दा पहिले धेरैको रोजाईमा पर्ने अमेरिका डिभीमा धेरै आबेदनहरु पर्ने गरेको भएको भए पनि यस वर्ष कोरोना भईरसको उच्च जोखिम रहेको र विश्वको सबै भन्दा बढी संक्रमितहरु रहेको अमेरिका जानका लागी कति युवाहरुले डिभी भर्छन् भने चासोको विषय बनेको छ ।
डीभी फाराम भर्नका लागि आधिकारिक वेबसाइट www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गरि भर्न सकिन्छ । डिभी चिठ्ठा पर्नसाथै अमेरिका जानका लागी बाटो खुल्ने भए पनि अमेरिकी सरकारको केहि कानूनी प्रक्रिया गर्नु पर्ने हुन्छ ।