
बाजुरा / करिव तीन महिनासम्म अवरुद्ध भएको मार्तडी–कोल्टी सडक बुधबार देखी सञ्चालनमा आएको छ । वर्षादको सड्क विग्रदा मार्तडी–कोल्टी सडक खण्ड असारको पहिलो साता देखी अबरुद्ध भएको थियो ।
बुधबार देखी उक्त सडक सुचारु भएको बडीमालिका नगरपालिका–७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । मार्तडी–कोल्टी सडक अन्तरगत कोल्टीदेखि बडिमालिका नगरपालिका–७ ढम्कनेसम्म एक साता पहिले नै सुचारु भईसकेको थियो भने ढम्कने देखि सदरमुकाम मार्तडीसम्म जोड्न सड्क बुधबार देखी संचालनमा आएको वडा अध्यक्ष पाध्यायको भनाई छ ।
जिल्लाको पुर्वीउत्तरी क्षेत्रका जनतालाई सकड अवरुद्ध भएपछि आवत–जावत संगै दैनिक उपभोग्य समाग्रीको संकट समेत हुँदै आएको थियो । सडक सुचारु भएपछि दैनिक उपभोग्य सामाग्रीको समेत कम संकट हुने भएको छ ।