आशिष बहादुर सिंह / सुदुरपश्चिम प्रदेशको एक मात्र पहिलो निजि लगानीमा निर्माण हुन लागेको सबै भन्दा ठुलो कालङ्गा हाईडोपावरको काम अन्तिम चरणमा पुगेको छ ।
निजि लगानीबाट सञ्चालित कालङ्गा हाईडोपावरको सम्पुर्ण काम पुष महिनामा भित्र पुरा भई फागुन महिना भित्र बिद्युत आपुर्ति हुने कम्पनीको दाबी रहेको छ । अहिले हाईडोपावरको काम ९२ प्रतिशत सम्पन्न भएको छ ।
बुंगल नगरपालिका वडा नं. ५ को पाउँटामा निर्माण भईरहेको कालङ्गा हाईडोपावरको काम तिब्र रुपमा अगाडि बढि रहेको छ । तिन बर्ष भित्र काम पुरा गरि बिद्युत बितरण गर्ने लक्षण लिएर २०७३ चैत्र ८ गते बाट हाईडोपावरको काम सुरु गरेको भए पनि बिश्वरभर फैलिएको कोरोना भाईरस कोभिड १९ का कारण देशमा लकडाउन भए संगै स्थानियको अबरोधका कारण लक्ष्य भन्दा चार महिना ढिलो सम्पन हुन लागेको संञ्चालन समितिका पदाअधिकारीको भनाई रहेको छ ।
दुर्गमका अध्यारो गाउँमा उज्यालो बनाउदै बालबालिका र महिला संगै मानव जिवनको जिवन शैलिमा परिर्वतन ल्याउन सफल हुने लगागीकर्ता तथा संञ्चालन समितिका सदस्य शिब घिमिरेको भनाई छ ।
उनले भने हामी बुंगल क्षेत्रमा मात्र ६५ मेघाबाट बिद्युत उत्पादन गर्दैछु । कालङ्गाहाईडो पावरको क्षमता १५.३३ मेघावाट हो सबै भन्दा अप्ठायारो काम सुरुङ्गमार्ग भए पनि साढे ३ किलो मिटर सुरुङ्गमार्गको काम पुरा भई नहर पावर हाउसको घर र बाँध समेत पुरा भएको छ । हामी यो लगाए अन्य ३ योजना पनि बनाई रहेका छौ, निर्माण पक्षले भन्यो ।
सुदुरपश्चिका ९ जिल्ला र ६ नम्वर प्रदेशमा समेत ६५ मेगावटा बिद्युत उत्पादन गरि वितरण गरेर बिकास निर्माणमा टेवा र्पुयाउने लक्ष्य रहेको संञ्चालक समिति सदस्य तिर्थराज चटौतले बताए ।
उनले भने काम गर्न निकै गाह्रो छ, कहिले बाढि, झरि, हिमपात कहिले स्थानियले हाईडोपावर सम्वन्धि अबुझका कारण अबरोध गर्दा बिभिन्न समस्या झेल्नु परेको छ । कम्पनीमा काम गर्ने दक्ष अर्धदक्ष र प्राविधिक गरि जिल्ला बाहिर र भित्रका अहिले ५ सय जना भन्दा बढिले काम गरि रहेको छ ।
निजि लगानीबाट संञ्चालित कालङ्गा हाईडोपावरको मात्र कुल लगात २ सय ८० करोड रहेको छ । त्यस मध्ये २५ प्रतिशत व्यक्ति र अन्य ७५ प्रतिशत माच्छापुच्छे बैक, एनएनबि बैक, सिबिल बैक लगायतको लगानी रहेको छ । पानी खेर गएको छ अध्यारो हटाई उज्यालो ल्याउन हाम्रो यो प्रयास हो समितिले भन्यो ।