समिक्षा आचार्य, काठमाडौं / नेपालमा १७ हजार चार सय १४ जना सक्रिय संक्रमित हुदाँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले निष्कर्ष निकाल्यो, ‘सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो भने लकडाउन गर्नुपर्छ ।’
आज बुधावार मुलुक भरमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना भाईरसको संक्रमण देखिए संगै मुलुक भरमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । आजको तथ्यांक अनुसार नेपालमा संक्रिय संक्रमितको संख्या २५ हजार ७ सय पुगेको छ ।
सक्रिय संक्रमित २५ हजार पुगे नेपालमा विध्यमान स्वास्थ्य संरचनाले व्यवस्थापन गर्न नसकिने स्वास्थ्य मन्त्रालयको निश्कर्ष रहेको थियो ।
आम नागरिकमा अब के नेपाल फेरि लगडाउन हुन्छ त भन्ने चर्चा सुरु हुन थालेको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली फेरि नेपालमा राष्ट्रव्यापी लकडाउन हुने सम्भावना नरहेको बताउन्छन् । ज्ञवालीका अुनसार संक्रमण अध्यधिक बढ्यो भने ‘हट स्पट’ हरुमा चाहिँ स्थानीय प्रशासनले निषेधाज्ञा लगाउन वा सिल गर्न सक्छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिले देशभरका स्वास्थ्य संस्थाका कति बेड भरिए भन्ने तथ्यांक संकलन भइरहेको बताए । त्यो विवरण प्राप्त भएपछि अस्पतालको क्षमता हेरेर लकडाउन विषयमा निर्णय गर्न सकिने गौतमको भनाई छ ।